"महोदय,
म आज जीवनको त्यो मोडमा उभिएको छु जहाँ तपाईं आज भन्दा १२ वर्ष अगाडि हुनुहुन्थ्यो । मेरो योग्यता र क्षमता सुहाउँदो स्थान तपाईंको कंपनीमा छ भने सह्योगको अपेक्षा गर्दछु ।"
यही बेहोराको ई-मेल मैले सेक्युरिटी ट्रेनिङ्ग प्रशिक्षकलाई पठाएँ । हिंजो र अस्ति गरेर २ दिन ९ बजे देखि ६ बजे सम्म तालिम कक्षामा सहभागिता जनाएँ ।गुरुङ्ग सुमल कुमार- प्रशिक्षक भएर आउनु भयो । निक्कै आकर्षक ब्यक्तित्व, भाषिक दख्खल, बाह्य ज्ञान,अनुभव,प्रस्तुती शैली र सार्है भाग्यमानी मान्छे ।
मैले सोंचे अनुसार कोर्स निरस हुनुको सट्टा रुचिकर र जानकारीमूलक भयो । प्रशिक्षकको अतीतले मलाई बडो प्रेरणा प्रदान गर्यो किन कि त्यो अतीत र मेरो वर्तमानमा धेरै समानता थियो । पर्वतको गाउँमा षडानन्द सँगको प्रसंग देखि भारतको पढाइ र बढाइ अनि हंगकंग आउँदाको अपेक्षा र अनुभूति सबै सुनाउनु भयो । इशा खानले ताजमहल बनाएको दास्तां देखि शोलेमा भीरुको सुसाइडलाई प्रसंग मिलाएर विषय वस्तुमा जोडेर राम्रो ब्याख्खा गर्नुभयो ।धेरै सामाजिक संस्थामा संग्लन हुनुको साथै वहाँ एन आर एन ए को उपाध्यक्ष र वहाँको आफ्नै कंपनी पनि भएकोले सायद मैले केही काम पाउन सक्छु कि भन्ने सोंचले वहाँलाई इ मेलमा आफ्नो सी भी पठाएँ । वहाँले मेरो योग्यताको प्रसंशा गर्दै प्रयास गरिदिने आश्वासन दिनुभयो । सकारात्मक परिणामको संभावनाको आशा त कमै छ, तर भाग्यको कुरा हो । प्रशिक्षणमा सहभागी र कार्यरत् रहेका सबैले आफ्नो तर्फबाट जानकारी दिएर र सिफारिस गर्ने वचन दिएर सह्योग गरे । सह्योगी भावनाबीच आफूलाई पाउँदा महसुस गरें, नेपालीत्वको न्यानो अनुभूति ।
आफूले नेपाल डट एच के को लागि लेख लेख्ने गरेको गुरुङ्ग सरले सुनाउनु भयो। अन्त्यमा, प्रमाण पत्र बोकेर आउने बेलामा मैले श्रृजना डट कम मा पनि आफ्ना रचना पठाउन अनुरोध गरें।
No comments:
Post a Comment