१३.
म के बनूँ ?
----
म चित्र कोरूँ कि सुन्दर सुन्दर
गीत गाऊँ मीठो मीठो
कि लेखी कविता चेतना जगाऊँ
अलमल्ल छु म सानो केटो
----
म चित्र कोरूँ कि सुन्दर सुन्दर
गीत गाऊँ मीठो मीठो
कि लेखी कविता चेतना जगाऊँ
अलमल्ल छु म सानो केटो
कहिले लाग्छ बनी पत्रकार
उदाङ्गो पारुँ भ्रष्टाचार
कहिले लाग्छ बनी कलाकार
छाऊँ रजतपटमा सदाबहार
वकिल बनी अन्यायको
गरुँ कि म प्रतिकार
डाक्टर बनी दुखीको
सरुँ कि गर्न उपचार
इन्जिनियर, पाइलट,
यो बनूँ कि म त्यो बनूँ
जे बने पनि केही छैन
असल हृदयको म बनूँ
उदाङ्गो पारुँ भ्रष्टाचार
कहिले लाग्छ बनी कलाकार
छाऊँ रजतपटमा सदाबहार
वकिल बनी अन्यायको
गरुँ कि म प्रतिकार
डाक्टर बनी दुखीको
सरुँ कि गर्न उपचार
इन्जिनियर, पाइलट,
यो बनूँ कि म त्यो बनूँ
जे बने पनि केही छैन
असल हृदयको म बनूँ
०. रमाइलो पार्कमा
रमाइलो पार्कमा
----------
आऊ भाइ ,आऊ बहिनी, रमाइलो पार्क छ
तिमी हामी भेट हुँदा रमाइलो लाग्छ
प्लास्टिकका रुख पात, प्लास्टिकको घर
प्लास्टिकको मान्छे भने बन्न हुन्न तर
एकै तालमा चिप्लौँ हामी ,दुइटा चिप्लेटीमा
भेदभाव गर्नुछैन केटा र केटीमा
पिङ खेलौँ, घोडा चढौं ,बाँदर जस्तै झुन्डौँ
चोर पुलिस खेल्ने भए पाउछिनताप* गरौँ
खेलौँ, कुदौँ मिलीजुली ,उफ्री चढ बुइमा
लडिहाले केही नहोला सेफ्टी म्याट छ भूँइमा
काला , गोरा, पहेँला सबै बाबु नानी
मोटा, दुब्ला, मझौला तिमी भाग्यमानी
* कागज, कैँची, ढुंगा
----------
आऊ भाइ ,आऊ बहिनी, रमाइलो पार्क छ
तिमी हामी भेट हुँदा रमाइलो लाग्छ
प्लास्टिकका रुख पात, प्लास्टिकको घर
प्लास्टिकको मान्छे भने बन्न हुन्न तर
एकै तालमा चिप्लौँ हामी ,दुइटा चिप्लेटीमा
भेदभाव गर्नुछैन केटा र केटीमा
पिङ खेलौँ, घोडा चढौं ,बाँदर जस्तै झुन्डौँ
चोर पुलिस खेल्ने भए पाउछिनताप* गरौँ
खेलौँ, कुदौँ मिलीजुली ,उफ्री चढ बुइमा
लडिहाले केही नहोला सेफ्टी म्याट छ भूँइमा
काला , गोरा, पहेँला सबै बाबु नानी
मोटा, दुब्ला, मझौला तिमी भाग्यमानी
* कागज, कैँची, ढुंगा
प्लास्टिकको मान्छे भने बन्न हुन्न तर
एकै तालमा चिप्लौँ हामी ,दुइटा चिप्लेटीमा
भेदभाव गर्नुछैन केटा र केटीमा
पिङ खेलौँ, घोडा चढौं ,बाँदर जस्तै झुन्डौँ
चोर पुलिस खेल्ने भए पाउछिनताप* गरौँ
खेलौँ, कुदौँ मिलीजुली ,उफ्री चढ बुइमा
लडिहाले केही नहोला सेफ्टी म्याट छ भूँइमा
काला , गोरा, पहेँला सबै बाबु नानी
मोटा, दुब्ला, मझौला तिमी भाग्यमानी
* कागज, कैँची, ढुंगा
१. घडी र समय
घडी र समय
---=-------
दाइको स्पाइडरमेन घडी ,तिम्रो हेल्लो किटी
ममीको सुन्दर नाडी त्यसै मा सुनौलो घडी
जस्तोसुकै भए पनि घडी भित्र तीन कुरा
घन्टा, मिनेट, सेकेन्डको राख ज्ञान पूरा
समय हो मूल्यवान, राख्नु ख्याल हर छिन्
कोपिला सुन्दर फुल्छ ,ओइली झर्छ एकदिन
मोबाइलमा हेर टाइम् कि हेर भित्ते घडीमा
समयको ख्याल नराखे भविष्य गडबडीमा
समयमै उठ्ने अनि गर सुत्ने बानी
समयको मान राखी बन तिमी ज्ञानी
स्कुल आउनु जानु कि पार्कमा खेल्न जानु
टिभी हेर्नु , किताब पढ्नु , समयमै खानु
घाम लाग्ने पानी पर्ने, हुन्छ सबको समय
सोँच तिमी कस्तो हुन्छ ,घाम एकदिन नआए?
दिन हुन्छ ,रात हुन्छ, फेरि ऋतु फिर्दछन्
समय भने बितिजान्छ मितिहरु बद्लिन्छन्
घडी र समय
---=-------
दाइको स्पाइडरमेन घडी ,तिम्रो हेल्लो किटी
ममीको सुन्दर नाडी त्यसै मा सुनौलो घडी
जस्तोसुकै भए पनि घडी भित्र तीन कुरा
घन्टा, मिनेट, सेकेन्डको राख ज्ञान पूरा
---=-------
दाइको स्पाइडरमेन घडी ,तिम्रो हेल्लो किटी
ममीको सुन्दर नाडी त्यसै मा सुनौलो घडी
जस्तोसुकै भए पनि घडी भित्र तीन कुरा
घन्टा, मिनेट, सेकेन्डको राख ज्ञान पूरा
समय हो मूल्यवान, राख्नु ख्याल हर छिन्
कोपिला सुन्दर फुल्छ ,ओइली झर्छ एकदिन
मोबाइलमा हेर टाइम् कि हेर भित्ते घडीमा
समयको ख्याल नराखे भविष्य गडबडीमा
समयमै उठ्ने अनि गर सुत्ने बानी
समयको मान राखी बन तिमी ज्ञानी
स्कुल आउनु जानु कि पार्कमा खेल्न जानु
टिभी हेर्नु , किताब पढ्नु , समयमै खानु
घाम लाग्ने पानी पर्ने, हुन्छ सबको समय
सोँच तिमी कस्तो हुन्छ ,घाम एकदिन नआए?
दिन हुन्छ ,रात हुन्छ, फेरि ऋतु फिर्दछन्
समय भने बितिजान्छ मितिहरु बद्लिन्छन्
कोपिला सुन्दर फुल्छ ,ओइली झर्छ एकदिन
मोबाइलमा हेर टाइम् कि हेर भित्ते घडीमा
समयको ख्याल नराखे भविष्य गडबडीमा
समयमै उठ्ने अनि गर सुत्ने बानी
समयको मान राखी बन तिमी ज्ञानी
स्कुल आउनु जानु कि पार्कमा खेल्न जानु
टिभी हेर्नु , किताब पढ्नु , समयमै खानु
घाम लाग्ने पानी पर्ने, हुन्छ सबको समय
सोँच तिमी कस्तो हुन्छ ,घाम एकदिन नआए?
दिन हुन्छ ,रात हुन्छ, फेरि ऋतु फिर्दछन्
समय भने बितिजान्छ मितिहरु बद्लिन्छन्
२. मेरो 'पेट'
मेरो 'पेट'
-----
गिनी पिग राखूँ कि माछाको एक्वेरियम
कुकुर पनि राम्रो हुन्छ बिरालो मुलायम
'पेट' माने भुँडी होइन अङ्ग्रेजीको शब्द
सोखले पाल्ने जीव हुन्छ नेपालीमा अर्थ
कछुवा पाल्छ कसैले ,कसैले पाल्छ सुगा
कुकुरलाई पनि लगाइदिन्छन् कसैले लुगा
सर्प देखि डर लाग्छ ,पाल्दिनँ म गोही
सानो घरमा ठाउँ छैन ,के पालूँ म खोइ ?
एउटा 'पेट 'त राख्नै पर्यो , भन्दै थिएँ म
जन्मदिन पो आइसकेछ, यादै भएन
कसैले पुस्तक दिए ,खेलौना कसैले
शुभकामना सबैले दिए, धन्यवाद मैले
'बाबा ममीले के दिनुहोला ?'भनी सोच्दैथेँ
ममीको त सुरसार थिएन ,बाबालाई खोज्दैथेँ
घन्टी बज्यो ,ढोका खुल्यो ,बाबा आउनु भो
मेरो लागि चंचले खरायो ल्याउनु भो
सेतो ,सफा ,मुलायम, ठूलाठूला कान
हल्ला पनि नगर्ने ,गाँजर रुचाउने खान
दङ्गदास परेँ म त पाएर 'पेट' यो
माया गरी के नाम राखूँ मैले यसको?
टमी ?ह्यारी ?राम ?हरि? कि भन्नू मोहम्मद ?
कस्तो नाम राख्ने होला पर्यो यो विपद
आ, म त चंचले नै भनी बोलाउँछु
नाममा के राख्या छ र ,माया सधैं गर्छु
मेरो 'पेट'
-----
गिनी पिग राखूँ कि माछाको एक्वेरियम
कुकुर पनि राम्रो हुन्छ बिरालो मुलायम
'पेट' माने भुँडी होइन अङ्ग्रेजीको शब्द
सोखले पाल्ने जीव हुन्छ नेपालीमा अर्थ
कछुवा पाल्छ कसैले ,कसैले पाल्छ सुगा
कुकुरलाई पनि लगाइदिन्छन् कसैले लुगा
सर्प देखि डर लाग्छ ,पाल्दिनँ म गोही
सानो घरमा ठाउँ छैन ,के पालूँ म खोइ ?
एउटा 'पेट 'त राख्नै पर्यो , भन्दै थिएँ म
जन्मदिन पो आइसकेछ, यादै भएन
कसैले पुस्तक दिए ,खेलौना कसैले
शुभकामना सबैले दिए, धन्यवाद मैले
'बाबा ममीले के दिनुहोला ?'भनी सोच्दैथेँ
ममीको त सुरसार थिएन ,बाबालाई खोज्दैथेँ
घन्टी बज्यो ,ढोका खुल्यो ,बाबा आउनु भो
मेरो लागि चंचले खरायो ल्याउनु भो
सेतो ,सफा ,मुलायम, ठूलाठूला कान
हल्ला पनि नगर्ने ,गाँजर रुचाउने खान
दङ्गदास परेँ म त पाएर 'पेट' यो
माया गरी के नाम राखूँ मैले यसको?
टमी ?ह्यारी ?राम ?हरि? कि भन्नू मोहम्मद ?
कस्तो नाम राख्ने होला पर्यो यो विपद
आ, म त चंचले नै भनी बोलाउँछु
नाममा के राख्या छ र ,माया सधैं गर्छु
-----
गिनी पिग राखूँ कि माछाको एक्वेरियम
कुकुर पनि राम्रो हुन्छ बिरालो मुलायम
'पेट' माने भुँडी होइन अङ्ग्रेजीको शब्द
सोखले पाल्ने जीव हुन्छ नेपालीमा अर्थ
कछुवा पाल्छ कसैले ,कसैले पाल्छ सुगा
कुकुरलाई पनि लगाइदिन्छन् कसैले लुगा
सर्प देखि डर लाग्छ ,पाल्दिनँ म गोही
सानो घरमा ठाउँ छैन ,के पालूँ म खोइ ?
एउटा 'पेट 'त राख्नै पर्यो , भन्दै थिएँ म
जन्मदिन पो आइसकेछ, यादै भएन
कसैले पुस्तक दिए ,खेलौना कसैले
शुभकामना सबैले दिए, धन्यवाद मैले
'बाबा ममीले के दिनुहोला ?'भनी सोच्दैथेँ
ममीको त सुरसार थिएन ,बाबालाई खोज्दैथेँ
घन्टी बज्यो ,ढोका खुल्यो ,बाबा आउनु भो
मेरो लागि चंचले खरायो ल्याउनु भो
सेतो ,सफा ,मुलायम, ठूलाठूला कान
हल्ला पनि नगर्ने ,गाँजर रुचाउने खान
दङ्गदास परेँ म त पाएर 'पेट' यो
माया गरी के नाम राखूँ मैले यसको?
टमी ?ह्यारी ?राम ?हरि? कि भन्नू मोहम्मद ?
कस्तो नाम राख्ने होला पर्यो यो विपद
आ, म त चंचले नै भनी बोलाउँछु
नाममा के राख्या छ र ,माया सधैं गर्छु
३. कसरतको कथा
कसरतको कथा
-----
भन्न थाले साथी भाइले सहदेवलाई फे चाइ*
भुँडी चाहिँ ठुलो नै हो , ठिकै हो उसको उँचाइ
एकदिन डाक्टर अंकल आउनुहुँदा घर
छरितो र फुर्तिलो हुने पोख्यो उसले रहर
अंकलले भन्नुभयो "तिमी खेलकुद गर
कसरत गर्यौ भने हुन्न मोटोपनको डर"
" दिनभरि टेनिस खेल्छु ,खेल्छु ब्याडमिन्टन
तर मेरो तौल चाहिँ बढेकै छ झन्"
डाक्टर अंकल सहदेवको यस्तो कुरा सुनी
"कहाँ ,कसरी खेल्छौ त ?"सोध्नुभयो अनि
सहदेवले निकाल्यो आफ्नो प्ले स्टेसन्
बास्केटबल,फुटबल आदि सबै त्यसमै रहेछन्
"भिडियो गेम खेलेर हुन्न बाबु कसरत
साँझ -बिहानपार्कमा जाने बसाल्नु आदत
दौडिनु, उफ्रिनु, गर्नु नियमित व्यायाम
यति सधैं गर्यौ भने पुग्छ भुँडीको काम"
अंकलको कुरा मानी सहदेव स्वस्थ बन्यो
साथीभाइलाई कसरतको कथा पनि भन्यो
*फे चाइ = मोटो केटा
कसरतको कथा
-----
भन्न थाले साथी भाइले सहदेवलाई फे चाइ*
भुँडी चाहिँ ठुलो नै हो , ठिकै हो उसको उँचाइ
-----
भन्न थाले साथी भाइले सहदेवलाई फे चाइ*
भुँडी चाहिँ ठुलो नै हो , ठिकै हो उसको उँचाइ
एकदिन डाक्टर अंकल आउनुहुँदा घर
छरितो र फुर्तिलो हुने पोख्यो उसले रहर
अंकलले भन्नुभयो "तिमी खेलकुद गर
कसरत गर्यौ भने हुन्न मोटोपनको डर"
" दिनभरि टेनिस खेल्छु ,खेल्छु ब्याडमिन्टन
तर मेरो तौल चाहिँ बढेकै छ झन्"
डाक्टर अंकल सहदेवको यस्तो कुरा सुनी
"कहाँ ,कसरी खेल्छौ त ?"सोध्नुभयो अनि
सहदेवले निकाल्यो आफ्नो प्ले स्टेसन्
बास्केटबल,फुटबल आदि सबै त्यसमै रहेछन्
"भिडियो गेम खेलेर हुन्न बाबु कसरत
साँझ -बिहानपार्कमा जाने बसाल्नु आदत
दौडिनु, उफ्रिनु, गर्नु नियमित व्यायाम
यति सधैं गर्यौ भने पुग्छ भुँडीको काम"
अंकलको कुरा मानी सहदेव स्वस्थ बन्यो
साथीभाइलाई कसरतको कथा पनि भन्यो
*फे चाइ = मोटो केटा
छरितो र फुर्तिलो हुने पोख्यो उसले रहर
अंकलले भन्नुभयो "तिमी खेलकुद गर
कसरत गर्यौ भने हुन्न मोटोपनको डर"
" दिनभरि टेनिस खेल्छु ,खेल्छु ब्याडमिन्टन
तर मेरो तौल चाहिँ बढेकै छ झन्"
डाक्टर अंकल सहदेवको यस्तो कुरा सुनी
"कहाँ ,कसरी खेल्छौ त ?"सोध्नुभयो अनि
सहदेवले निकाल्यो आफ्नो प्ले स्टेसन्
बास्केटबल,फुटबल आदि सबै त्यसमै रहेछन्
"भिडियो गेम खेलेर हुन्न बाबु कसरत
साँझ -बिहानपार्कमा जाने बसाल्नु आदत
दौडिनु, उफ्रिनु, गर्नु नियमित व्यायाम
यति सधैं गर्यौ भने पुग्छ भुँडीको काम"
अंकलको कुरा मानी सहदेव स्वस्थ बन्यो
साथीभाइलाई कसरतको कथा पनि भन्यो
*फे चाइ = मोटो केटा
४. स्विमिङ पुलमा
स्विमिङ पुलमा
-----
आज हामी काउलुन पार्कमा स्विमिङ खेल्न गा'को
साथीसँग पानी छ्याप्दा कति मज्जा भा'को
रंगीचंगी स्विमिङ कस्ट्युम कति राम्रो अहा
गगल्स र क्याप त्यस्तै, ट्युब भरि हावा
मलाई पनि माछा जस्तै तैरिने मन छ
पानी भित्र जलसंसार विचित्रको हुन्छ
म त सिक्छु पौडिन समर होलिडेमा
गर्मी छल्न पानीमा, आउनुहोस् न आमा
थरिथरि मान्छे हुन्छन् ,हाम्रो स्विमिङ पुलमा
लजाई धकाई हुँदैन, मिसियौँ हामी हुलमा
photo: lcsd
स्विमिङ पुलमा
-----
आज हामी काउलुन पार्कमा स्विमिङ खेल्न गा'को
साथीसँग पानी छ्याप्दा कति मज्जा भा'को
रंगीचंगी स्विमिङ कस्ट्युम कति राम्रो अहा
गगल्स र क्याप त्यस्तै, ट्युब भरि हावा
-----
आज हामी काउलुन पार्कमा स्विमिङ खेल्न गा'को
साथीसँग पानी छ्याप्दा कति मज्जा भा'को
रंगीचंगी स्विमिङ कस्ट्युम कति राम्रो अहा
गगल्स र क्याप त्यस्तै, ट्युब भरि हावा
मलाई पनि माछा जस्तै तैरिने मन छ
पानी भित्र जलसंसार विचित्रको हुन्छ
म त सिक्छु पौडिन समर होलिडेमा
गर्मी छल्न पानीमा, आउनुहोस् न आमा
थरिथरि मान्छे हुन्छन् ,हाम्रो स्विमिङ पुलमा
लजाई धकाई हुँदैन, मिसियौँ हामी हुलमा
photo: lcsd
पानी भित्र जलसंसार विचित्रको हुन्छ
म त सिक्छु पौडिन समर होलिडेमा
गर्मी छल्न पानीमा, आउनुहोस् न आमा
थरिथरि मान्छे हुन्छन् ,हाम्रो स्विमिङ पुलमा
लजाई धकाई हुँदैन, मिसियौँ हामी हुलमा
photo: lcsd
५. नेपालीको कुम्लेकीरा
छोरी - पापा ममी, के हो यो? यसलाई के भन्छ?
एक जोर सिङ पनि छ, के बोकि रहन्छ ?
ममी - नेपालीको कुम्लेकीरा ,अङ्ग्रेजीको स्नेल
नरम डाल, सुस्त चाल ,बोकि हिँड्छ सेल
एक जोर सिङ पनि छ, के बोकि रहन्छ ?
ममी - नेपालीको कुम्लेकीरा ,अङ्ग्रेजीको स्नेल
नरम डाल, सुस्त चाल ,बोकि हिँड्छ सेल
६. स्पाइडरमेन
स्पाइडरमेन
--==-=-----
अहा !साथी, क्या मिठो सपना पो देखेको
सपनामा मलाई spider ले टोकेको
म त spiderman बनेर दुश्मन सँग लडेको
जालो फाली icc tower माथि उडेको
अहा! साथी, क्या मिठो सपना पो देखेको
आज पार्क मा साँच्चीकै माकुरो लाई चिलाएँ
रातो घाऊ भो डर लाग्दो दुखेर म कराएँ
मम्मी ले अत्ताली ambulance भो बोलाउनु
डाक्टर ले सूइ हान्दा थालेँ म त हौ रुनु
साँचो होइन रहेछ spiderman को त्यो कथा
गर्नु हुन्न रहेछ लडाईं र झगडा
spiderman को फिलिम, हेर्दिनँ चैँ भन्दिनँ
माने पनि रमाइलो, देखासिकी गर्दिनँ
--==-=-----
अहा !साथी, क्या मिठो सपना पो देखेको
सपनामा मलाई spider ले टोकेको
म त spiderman बनेर दुश्मन सँग लडेको
जालो फाली icc tower माथि उडेको
अहा! साथी, क्या मिठो सपना पो देखेको
आज पार्क मा साँच्चीकै माकुरो लाई चिलाएँ
रातो घाऊ भो डर लाग्दो दुखेर म कराएँ
मम्मी ले अत्ताली ambulance भो बोलाउनु
डाक्टर ले सूइ हान्दा थालेँ म त हौ रुनु
साँचो होइन रहेछ spiderman को त्यो कथा
गर्नु हुन्न रहेछ लडाईं र झगडा
spiderman को फिलिम, हेर्दिनँ चैँ भन्दिनँ
माने पनि रमाइलो, देखासिकी गर्दिनँ
रातो घाऊ भो डर लाग्दो दुखेर म कराएँ
मम्मी ले अत्ताली ambulance भो बोलाउनु
डाक्टर ले सूइ हान्दा थालेँ म त हौ रुनु
साँचो होइन रहेछ spiderman को त्यो कथा
गर्नु हुन्न रहेछ लडाईं र झगडा
spiderman को फिलिम, हेर्दिनँ चैँ भन्दिनँ
माने पनि रमाइलो, देखासिकी गर्दिनँ
७. पेशा
पेशा
-----
मेरो बा कन्स्ट्रक्सन सिफु
मेरी आमा रेस्टुरेन्टको चिफु
मेरो काका सेक्युरिटी अफिसर
मेरी काकी होटलमा हाउस किपर
ठूलो सानो काम हुन्न सबै सराबर
सबै मिली काम गरे नै चल्छ संसार
मेरो मामा कार ड्राइभर
मेरी माइजू स्कुल टिचर
मेरो चाहिँ पढी गुनी लेखक बन्ने इच्छा
परिश्रम र मिहिनेतको बाँड्छु सबलाई शिक्षा
मेरो फुपा बहिदार
मेरी फूपू दोकान्दार
-----
मेरो बा कन्स्ट्रक्सन सिफु
मेरी आमा रेस्टुरेन्टको चिफु
मेरो काका सेक्युरिटी अफिसर
मेरी काकी होटलमा हाउस किपर
ठूलो सानो काम हुन्न सबै सराबर
सबै मिली काम गरे नै चल्छ संसार
मेरो मामा कार ड्राइभर
मेरी माइजू स्कुल टिचर
मेरो चाहिँ पढी गुनी लेखक बन्ने इच्छा
परिश्रम र मिहिनेतको बाँड्छु सबलाई शिक्षा
मेरो फुपा बहिदार
मेरी फूपू दोकान्दार
सबै मिली काम गरे नै चल्छ संसार
मेरो मामा कार ड्राइभर
मेरी माइजू स्कुल टिचर
मेरो चाहिँ पढी गुनी लेखक बन्ने इच्छा
परिश्रम र मिहिनेतको बाँड्छु सबलाई शिक्षा
मेरो फुपा बहिदार
मेरी फूपू दोकान्दार
८. तुफान/ दि ताइफुन
९. संगीत
संगीत
-------
टङ् टङ् टङ् टङ् पियानो ,झिङ् झिङ् झिङ् झिङ् गिटार
अहा कति मीठो छ, संगीतको संसार
सुरहरु मिलेर बनाउँछन् धुन
तालमाथि कुदेर ,आउँछन् मुटु छुन
र्याइँ र्याइँ सारङ्गी ,धिन्ताङ् धिन्ताङ् मादल
यति मीठो लोकभाका, सुनी नाच्छ बादल
आरोह अवरोह जिन्दगीको रित
संगीत छ श्वासप्रश्वासमा ,रमाऊँ यसै सित
डम् डम् डम् डम डम्फु तिरिरिरि मुरली
मनको ताल सजाउनू पिरतीको सुर लिई
संगीत
-------
टङ् टङ् टङ् टङ् पियानो ,झिङ् झिङ् झिङ् झिङ् गिटार
अहा कति मीठो छ, संगीतको संसार
-------
टङ् टङ् टङ् टङ् पियानो ,झिङ् झिङ् झिङ् झिङ् गिटार
अहा कति मीठो छ, संगीतको संसार
सुरहरु मिलेर बनाउँछन् धुन
तालमाथि कुदेर ,आउँछन् मुटु छुन
र्याइँ र्याइँ सारङ्गी ,धिन्ताङ् धिन्ताङ् मादल
यति मीठो लोकभाका, सुनी नाच्छ बादल
तालमाथि कुदेर ,आउँछन् मुटु छुन
र्याइँ र्याइँ सारङ्गी ,धिन्ताङ् धिन्ताङ् मादल
यति मीठो लोकभाका, सुनी नाच्छ बादल
आरोह अवरोह जिन्दगीको रित
संगीत छ श्वासप्रश्वासमा ,रमाऊँ यसै सित
डम् डम् डम् डम डम्फु तिरिरिरि मुरली
मनको ताल सजाउनू पिरतीको सुर लिई
संगीत छ श्वासप्रश्वासमा ,रमाऊँ यसै सित
डम् डम् डम् डम डम्फु तिरिरिरि मुरली
मनको ताल सजाउनू पिरतीको सुर लिई
१०. बस पनि दुई तले
बस पनि दुई तले
खाट पनि दुई तले
सानो होङ्कोङ् शहर छ
सानो यही शहरमा न्यानो हाम्रो घर छ
मौरी जस्तै भुनुनु मान्छे काममा हिँडेका
मौरी कहाँ हिँड्छन् र ?सबै सबै उडेका
गर्मी छुट्टी नेपाल उड्ने
बाउ आमाको ठहर छ
सानो होङ्कोङ् शहर छ
सानो यही शहरमा न्यानो हाम्रो घर छ
जन्मेको ठाउँ प्यारो जसलाई पनि हुँदोरहेछ
बाउ आमाको मन सधैं नेपाल संझी रुँदोरहेछ
म त यहीँ जन्मेको
यहीँ फुल्ने रहर छ
सानो होङ्कोङ् शहर छ
सानो यही शहरमा न्यानो हाम्रो घर छ
बस पनि दुई तले
खाट पनि दुई तले
सानो होङ्कोङ् शहर छ
सानो यही शहरमा न्यानो हाम्रो घर छ
खाट पनि दुई तले
सानो होङ्कोङ् शहर छ
सानो यही शहरमा न्यानो हाम्रो घर छ
मौरी जस्तै भुनुनु मान्छे काममा हिँडेका
मौरी कहाँ हिँड्छन् र ?सबै सबै उडेका
गर्मी छुट्टी नेपाल उड्ने
बाउ आमाको ठहर छ
सानो होङ्कोङ् शहर छ
सानो यही शहरमा न्यानो हाम्रो घर छ
मौरी कहाँ हिँड्छन् र ?सबै सबै उडेका
गर्मी छुट्टी नेपाल उड्ने
बाउ आमाको ठहर छ
सानो होङ्कोङ् शहर छ
सानो यही शहरमा न्यानो हाम्रो घर छ
जन्मेको ठाउँ प्यारो जसलाई पनि हुँदोरहेछ
बाउ आमाको मन सधैं नेपाल संझी रुँदोरहेछ
म त यहीँ जन्मेको
यहीँ फुल्ने रहर छ
सानो होङ्कोङ् शहर छ
सानो यही शहरमा न्यानो हाम्रो घर छ
बाउ आमाको मन सधैं नेपाल संझी रुँदोरहेछ
म त यहीँ जन्मेको
यहीँ फुल्ने रहर छ
सानो होङ्कोङ् शहर छ
सानो यही शहरमा न्यानो हाम्रो घर छ
No comments:
Post a Comment