Thursday, May 29, 2008

Good deeds are always difficult to execute!

"म तपाईंलाई यौटा सुझाव दिन चाहन्छु"
"अवश्य"
"हंगकंगमा साहित्यिक गतिविधि धेरै हुने गरेको पाएँ । तपाईं किन यसको नेतृत्व गर्नुहुन्न ?"
"ब्यवस्थापन गर्न कठीनाइ छ नि त"
" Good deeds are always difficult to execute!"
दिनेश दाइ र म मेसेन्जरमा च्याट गर्दै थियौं ।
म वहाँलाई सांगीतिक कार्यक्रम आयोजना गर्ने सुझाव दिंदै थिएँ । नेपालमा पलेटी श्रृंखलाको बारेमा पढेको थिएँ र केही कान्तिपुर टि भी मा हेरेको पनि थिएँ । सायद त्यसरी नै संगीत कार्यक्रम ब्यवस्थापान गर्न सके संगीत अनुरागीहरुमा नयाँ उत्साह संचार हुने थियो।
हंगकंगमा साहित्य क्षेत्रले गति लिनुमा विशेष भूमिका सृजनशील साहित्य समाजको रहेको पाएँ । साहित्यकार हाङ्युग अज्ञातको सबल नेतृत्वले गर्दा साहित्यकारहरुले प्रेरणादायी जमघटको वातावरण बनाएका छन् । जहाँ नयाँ पुराना रचनाहरु सुन्न पाइन्छ , साहित्यिक चर्चा गरिन्छ ।

यसरी साहित्यिक जमघटमा सहभागी हुने क्रममा हालै कवि दाइ नरेश सुनुवार र बाजे(नाताले) कवि देवेन्द्र खेरेस को कृति विमोचन कार्यक्रममा सहभागी भएँ । नरेश दाइको कार्यक्रमा औपचारिक कार्यक्रमको विसर्जन पछि मनोरञ्जन गर्ने क्रममा नागेन्द्र दाइले गीत गाउनु भयो । दिनेश दाइको पनि उपस्थिति थियो ।

खेरेस बाजेको कार्यक्रममा हाङ्युग दाइले संगीत विषयमा कविता सुनाउनु भयो, उपस्थित नागेन्द्र दाइलाई समर्पण गरेर । त्यस कवितामा दिनेश दाइ र नागेन्द्र दाइको पनि प्रसंग जोडेर सांगीतिक विचलनमा दर्शन घोलेर कवि अज्ञातले साह्रै राम्रो लेख्नु भएको पाएँ । यी यस्ता कार्यक्रममा संगीतकारहरुलाई निम्त्याइएको पाए पनि साहित्यक कार्यक्रम भएकाले संगीतले प्राथमिकता पाउन्न । त्यसैको पूर्तिको लागि र डायोस्परामा नेपाली संगीतको प्रवर्ध्दन होस् भन्न गर्नको मैले दिनेश दाइलाई अनुरोध गरें ।

No comments: