युगल गीतहरु! Duets

गीत -१
----
केटी -
माया यो माया यस्तै हो भने के माया गर्नु र
हर्दम दुख्ने दिलको घाउ किन निचोर्नु र?

केटा -
छायाँ यो छायाँ जस्तै कहाँ पो हुन्थ्यो र
एकदम पोल्ने घाम बिना यसको के अर्थ हुन्थ्यो र?


केटी -
आँखामा कालो बादलले सधैं ढाकिरहन्छ
छातिमा सधैं सधैं पहिरो गइरहन्छ
माया यो जहिले बस्यो
पिरको भुँवरीमा यो ज्यान फस्यो
माया यो माया यस्तै हो भने के माया गर्नु र
हर्दम दुख्ने दिलको घाउ किन निचोर्नु र?

केटा -
छायाँ यो छायाँ जस्तै कहाँ पो हुन्थ्यो र
एकदम पोल्ने घाम बिना यसको के अर्थ हुन्थ्यो र?



केटा -
यो संसारमा के नै राम्रो लाग्थ्यो प्यार नभेट्दा
फूल के राम्रो फुल्थ्यो प्रीत नलाउँदा
यो नजरमा फूल फुल्यो
प्यारले बहार ल्यायो यो मनमा सुगन्ध चल्यो

केटी -
माया यो माया यस्तै हो भने के माया गर्नु र
हर्दम दुख्ने दिलको घाउ किन निचोर्नु र?




गीत -२
----

केटी - यो मायालाई कुन लक्ष्यमा पुर्‍याऊँ?
केटा - लक्ष्यमा होइन हामी यात्रामै रमाऊँ

केटी -
शिखरमा यस्तो झन्डा गाडौं जुन सबैले देखुन्
इतिहासमा प्रेमको नाम हाम्रै पहिले लेखुन्
यो मायालाई यस्तो लक्ष्यमा पुर्‍याऊँ
केटा - लक्ष्यमा होइन हामी यात्रामै रमाऊँ



केटा -
शिखरमा चढेर गर्नु के ओर्लनै पर्छ एकदिन
फुलेको जीवन फूल ओइलाई झर्छ एकदिन
चोखो मायामा डुबेर जीवन यो बिताऊँ
केटी - लक्ष्यमा होइन हामी यात्रामै रमाऊँ



गीत -३
----
केटा -
भेट्टिएर नछुट्नू थ्यो, छुटेपछि नभेट्नू थ्यो
कोट्याएर  दिलको घाऊ, फेरि पनि नदुख्नु थ्यो

केटी -
भेट्टिएर छुट्टिन्छ  नै, छुटेपछि भेटिन्छ नै
संसारको रीति यस्तै, मिलन विछोड भैरहन्छ नै



केटा -
टाढा जानु तिमी देखि मेरो थियो विवशता
पर्खिबस्छौ संझेकोथेँ तिमी दोषी कि विधाता
केटी -
पर्खूँ भन्थेँ प्रलय तक मेरो पनि विवशता
हाम्रो यात्रा त्यति रहेछ पुग्यौं आज कता कता
केटा -  भेट्टिएर नछुट्नू थ्यो, छुटेपछि नभेट्नू थ्यो


केटी -
बित्यो जो हिँजो थियो, विगतलाई त्यहीँ छोडौं
मित्रताको साइनो चोखो, सम्बन्ध यो नयाँ जोडौं
केटा -
फुटेको भाग्य जोडी बिटुलो के साइनो गाँस्नू
यो भेटलाई यहीँ भुली, आफ्नो खुसी तिमी हाँस्नू

केटी -
भेट्टिएर छुट्टिन्छ  नै, छुटेपछि भेटिन्छ नै
संसारको रीति यस्तै, मिलन विछोड भैरहन्छ नै



No comments: