मनभरिएर आउँछ जब तिमीलाई सोंच्छु
गह भरिएर आउँछ जब तिमीलाई सोंच्छु
यो जिन्दगीको यात्रामा मेरो केवल तिमी भयौ
समयसँगै सबै बिलाए मेरो केवल तिमी रह्यौ
विश्वास दरिएर आउँछ जब तिमीलाई सोंच्छु
उदाश मेरा आँखाहरुमा तिमीले रंगीन सपना भर्यौ
उच्छ्वासका हर श्वासलाई उल्लासमा परिणत गर्यौ
जीवन बौरिएर आउँछ जब तिमीलाई सोंच्छु
मेरो जीवन मेरो मन संझ तिम्रो नासो भयो
मेरो हर श्वास मेरो प्राण नबिर्स यो तिम्रो नै हो
मुटु धड्किएर आउँछ जब तिमीलाई सोंच्छु
मेरो खुशीको निंति तिमी ले के पो गरिनौ र
मेरो हाँसोको निंति तिमीले के भइनौ र
माया उर्लिएर आउँछ जब तिमीलाई सोंच्छु
शुभ जन्मदिनको शुभकामना मेरी प्रेयसीलाई
सुस्वास्थ्य दीर्घायुको प्रार्थना प्रिय तिमीलाई
आस्था गहिरिएर आउँछ जब तिमीलाई सोंच्छु
No comments:
Post a Comment