हङ्कङ् - यो स्वप्नील शहर, जहाँ समय वास्तव मै पैसा हो । मेरो बेरोजगारीको १०० दिन नाघेर १५० दिन तर्फ लम्किंदै छ । अनलाइन आवेदन दिंदा दिंदै मेरा आँखा र औंलाहरु खिए जस्तो लाग्न थालिसक्यो । एउटा योग्यता अनुसारको जागिर खोज्ने मेरी श्रीमतीको जिद्दी नहुँदो हो त म यति बेला कुन सुपर मार्केटको द्वारमा सुट लगाई उभिएर वा रात्रीको सुरक्षाकर्मी भएरपैसाको जोहो गर्दै हुन्थें होला। औसत आयको हिसाब लगाउँछु अनि कुल निकालेर त्यसलाई ने रु मा बद्लेर हैरान हुन्छु ।
"काम सानो ठूलो हुँदैन । चोरेर खानु पो लाज हुन्छ, पसीनाको कमाइ खान के को लाज" हाङ्ग नारायण बडाको त्यो पाना संझन्छु । त्यो प्लास्टिकले मोडेको पाना हाङ्ग बडाको जीवन दर्शन हो, वहाँले त्यो सिरानीमा राख्नु हुन्थ्यो । कोठा सर्ने बेलामा मलाई उपहार दिएर जानु भएको वहाँको त्यो अति महत्वपूर्ण कागज । हाङ्ग बडा ६४ वर्ष पुग्नु भयो रे, अब १ वर्ष काम गर्न पाउने कानुनी प्रावधान रहेछ यहाँ । वहाँको कुरा विस्तारमा पछि लेख्छु, मलाई प्रभाव पार्ने यो संसार मंचको यौटा पात्र ।
हाङ्ग बडाले लेखेको कुराले मलाई सेक्युरिटी गार्ड हुने प्रेरणा दिन्छ तर फेरि अन्तर्वार्ताको लागि एउटा ई मेल देखापर्छ । अनि फेरि लोभ जाग्छ, आकर्षक तलब र आरामदायी कामको (काम आरामदायी त के खाएर हुन्थ्यो ! तुलनात्मक भन्न खोजेको ) ।मेरी बुडी (पहिले पहिले अरुले भनेको सुन्दा नमीठो लाग्थ्यो तर यसको मीठास रहस्यमय रहेछ, "बूढी" र "बुडी" दुई भिन्न शब्द भइसके ।) कहिलेकाहिं मलाई गजब लाग्छे, म भन्दा बढि धैर्यता राख्ने स्वास्नी मानिस । मैले नसोंचेको कुरा ।
यौटा सन्तोषप्रद कुरा भनेको समयलाई पैसामा रुपान्तर गर्न नसके पनि समय खेर भने गएको छैन । मेख र म मिलेर श्रृजना डट कम शुरु गर्यौं । भोगेन दाइको सहयोगमा त्यसले राम्रो प्रचार प्रसार पाइरहेको छ । यसले निरन्तरता पाइरहेमा जिन्दगीका उपलब्धिहरुमा यसलाई पनि उभ्याउन सकिन्थ्यो होला । साहित्य सम्बन्धि यस वेबसाइट शुरु गर्दा हामीलाई विदेशमा नेपाली साहित्यको स्तिथि बारे विशेष ज्ञान थिएन तर यो संचालन गर्ने क्रममा धेरै थाह पाउने मौका पायौं । धेरै राम्रा र स्तरीय काम भइरहेको रहेछ, खुशी लाग्यो ।
यहाँको साहित्यको बारेमा जानकारी थिएन, म पोखरा छँदै खोटाङ्ग समाजका अध्यक्ष भोगेन दाजुले खोटाङ्ग स्मारिका मा मेरो लेख छपाइदिनुभएको थियो । यहाँ आएपछि फोन वार्ता भइरहे पनि भेट भएको थिएन, मेरो लेखले प्रशंसा पाएको जानकारी गराउनु भएको थियो । किरात राई यायोख्खाको अधिवेशनमा हाम्रो पहिलो भेट भयो । त्यहाँ शिव कुमार मामाले(त्यहीं परिचय भएको) मेरो लेखको तारिफ गर्दै उद्धरण सुनाउँदा दंग भएँ ।
फेरि भोगेन दाजुले मलाई युनलुङमा कविता गोष्ठीमा लिएर जानु भयो । कविता नलेखेको युग भएको थियो । एउटा आइ एस्सी पढ्दा लेखेको कवितालाई सुधार गरेर त्यही बोकेर हिंडें । रेनुले भरपुर साथ दिई । कविता गोष्ठीको राम्रो अनुभव रह्यो । मेरो बेरोजगारी र मेरी श्रीमतीले मेरो साहित्य लेखनलाई प्रेरणा दिइरहेको छ। कुन दिन जागिर पाइने हो र यो क्रम बन्द होला या रातिको सुरक्षा गार्ड बनूँला र यसले अझै प्रश्रय पाऊँला । अंकल भन्नु हुन्छ राति को ड्यूटी गर्ने हरु प्राय कवि या समाजसेवी हुन्छन् रे हङ्गकङ्गमा ।
क्रमश :
(यसरी अब देखि ई डायरी लेखन गर्ने विचार गरें मैंले । रमाइलो हुँदो रहेछ !)

No comments:
Post a Comment